दुनाटपरी बेचेर स्वरोजगार बन्दै दाङका महिला

देउखुरी (दाङ)- यहाँका महिला स्थानीय वनमा पाइने सालका पात उपयोग गरी स्वरोजगार भएका छन् । दुनाटपरी बेचेर उनीहरू आर्थिक रूपमा सबल पनि भएका छन् ।
घोराही उपमहानगरपालिका – १२ डाँडागाउँका सात जनाले उद्यमशील दुना टपरी महिला समूह गठन गरेर यन्त्रका माध्यमबाट दुनाटपरी तयार गर्न थालेका हुन् । सोसेक नेपाल नामको संस्थाले मेसिनबाट दुनाटपरी बनाउने तालिम दिएर मेसिन राख्ने घर बनाइदिएपछि गत भदौदेखि व्यावासायिक रुपमा दुनाटपरा बनाएर बेच्न थालेको समूहका अध्यक्ष पुष्पा चौधरीले बताइन् ।
सोही समूहकी सदस्य सुशीला चौधरीले घर नजिकै खजुरी सामुदायिक वनको पात आफ्नो आर्जनको माध्यम बनेको बताइन् । उनले भदौयता दुई हजार दुनाटपरी बिक्री गरेर रु १० हजार आम्दानी गरेको बताइन् । उनीमात्र होइन उनको समूहका सबैले यन्त्र प्रयोग गरेर दुनाटपरी बनाउने गरेकी छन् ।
सोसेकका जिल्ला संयोजक द्रोण जिसीले विपन्न, केही गरौँ भन्ने सोच भएका महिलालाई छनोट गरेर सीपमूलक तालिम दिएको बताए । महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत सीपसहितको बीउपुँजी पनि उनीहरूलाई प्रदान गरिएको छ ।
घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले महिलालाई आत्मनिर्भर बनाउन पालिकाले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

चार सय वर्ष पुरानो सिवालय ओझेलमा

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु
लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि विभागीय टोली भिड्दै

बस दुर्घटनामा दुई जनाको मृत्यु

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

प्रतिक्रिया