माओवादीको स्थायी कमिटी बैठक सुरू

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी रहेको छ ।
हिजो बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यब्यस्तताका कारण बस्न नसकेपछि आज बसिरहेको हो ।
पार्टी मुख्यालय पेरिसडाँडा, कोटेश्वरमा उक्त बैठक बसिरहेको छ । हिजो गृह जिल्ला चितवन र धादिङका बिभिन्न कार्यक्रममा अध्यक्ष प्रचण्ड ब्यस्त भएपछि अन्तिम समयमा आएर बैठक स्थगित गरिएको थियो ।
गत मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन, बिआरआइ सम्झौंता, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बैठक बोलाइएको हो ।
सो बैठकले पूर्वराष्ट्रपति नन्दकिशोर पुन पासाङ र पूर्व प्रदेश प्रमुख अमिक शेरचनलाई फेरि राजनीतिमै सक्रिय बनाएर पदाधिकारी बनाउने निर्णय गर्ने आंकलन गरिएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया