शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

त्रिविको ५०औँ दीक्षान्त समारोह पुस १३ गते हुने

सांकेतिक फोटो

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५०औँ दीक्षान्त समारोह पुस १३ गते आयोजना हुने भएको छ।

आज (बिहीवार) बसेको त्रिभुवन विश्वविद्यालयको साधारणसभा(सिनेट) बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस १३ गते ५० औँ दीक्षान्त समारोह आयोजना हुने जानकारी दिएका हुन्।

उक्त बैठकमा त्रिवि कुलपति समेत रहेका उनले पुन: छलफलकाे लागि सिनेट बैठक पुस ७ गतेलाई समय तोकेका छन्। उनले भने, ‘पुस ७ गतेलाई छलफल तोक्छु, पुस १३ गते भने दीक्षान्त समारोह हुनेछ।’

त्रिविले यस वर्षको दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना गर्ने योजना बनाएको छ। गत वर्ष पनि उक्त स्थानमा ४९औं दीक्षान्त समारोह आयोजना भएको थियो