जनकपुर बोल्ट्सले प्लेअफमा पुग्ने पहिलो टोली, काठमाडौं पराजित

काठमाडौं - जनकपुर बोल्ट्सले प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल)को जारी खेलमा जनकपुर बोल्टस प्ले अफमा पुग्ने पहिलो टोली बनेको हो ।
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित खेल मैदानमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेसँगै जनकपुर लिग चरणको अन्तिम खेल अघि नै प्लेअफमा पुगेको हो ।
जनकपुरले आफ्नो ६ खेल मध्ये ५ खेलमा जित निकालेको थियो । बिहीबार काठमाडौंलाई हराएको जनकपुर अघिल्लो खेलमा सुदूरपश्चिम रोयल्ससँग अप्रत्याशित रूपमा पराजित हुनु पुगेको थियो ।
उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्स, दोस्रो खेलमा कर्णाली याक्स, तेस्रो खेलमा पोखरा एभेन्जर्स र चौथो खेलमा लुम्बिनी लायन्सलाई हराएर अपराजित यात्रा निकालेको थियो । अपराजित यात्रामा निस्केको जनकपुर यसअघिको खेलमा भने सुदुरपश्चिमसँग पराजित भएको हो, जुन एक पराजित खेल मात्रै हो ।
अबको अन्तिम खेलमा चितवन राइनोजसँग भिड्ने जनकपुर १० अंकसहित शीर्ष स्थानमा रहेको छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया