सेयर बजार आज पनि लाग्यो ओरालो

काठमाडौँ - सेयर बजार थप ओरालो लागेको छ ।
नेपाल धितोबोर्डका अनुसार बिहीवार सेयर बजार (नेप्से) ३३.४२ अंकले घटेको छ ।
बुधबार झण्डै ४६ अंकले बढेको बजार बिहीवार ३३.४२ अंकले घटेको हो । योसँगै नेप्से परिसूचक २६८२.२९ अंकमा सीमित भएको छ । बिहीबार बजारमा ६ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको जनाइएको छ ।
प्रतिक्रिया