बाँझो जमीनमा खेती गर्नेलाई अनुदान

चितवन : जिल्लामा रहेको बाँझो जमीन उपभोग गर्नेलाई अनुदान दिइने भएको छ । यहाँ रहेका दुई संस्था र एक जना व्यक्तिलाई बाँझो जमीन उपभोग गरेबापत अनुदान रकम उपलब्ध गराउन लागिएको हो ।
माडी नगरपालिकामा रहेका बेरोजगार दलित युवा समूह, माडीकै खेतीपाती कृषक समूह र खैरहनी नगरपालिकाका भोजराज खनालले बाँझो खेत उपयोग गरेबापत अनुदान पाउने भएका हुन् । माडीका दुई समूहले ४३० रोपनी र खनालले ८८ रोपनी बाँझो जमीनमा खेती गरेको कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले जानकारी दिए । उनीहरूलाई एक/दुई दिनभित्रै रकम हस्तान्तरण गरिने उनले बताए ।
उनका अनुसार सरकारले गत आर्थिक वर्षदेखि बाँझो जग्गामा खेती गर्ने कृषकलाई प्रोत्साहनस्वरूप प्रतिरोपनी रु दुई हजारका दरले अनुदान दिने नीति लिएको छ । सोही नीतिअनुसार अनुदान रकम वितरण गर्न लागिएको उनले बताए । उनले भने,'बाँझो जमीनमा खेती गरेको प्रमाण अपुग भएका धेरै थिए प्रमाण पुगेकालाई अनुदान दिन लागेका हौँ ।'
जिल्लामा अहिले खेतीयोग्य जमीन ४४ हजार हेक्टर रहेको छ । जसमध्ये पाँच हजार हेक्टर जमीन बाँझो रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बाँझो रहेको जमीनमध्ये व्यावसायिक खेती गर्न मिल्ने जमीन करिब ५०० हेक्टर रहेको छ ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया