ढोरपाटन सिकार आरक्ष पुग्ने सडक स्तरोन्नति हुँदै

ढोरपाटन (बागलुङ)- तमानखोला गाउँपालिकाको बोङ्गादोभानबाट ढोरपाटन सिकार आरक्ष पुग्ने सडकको स्तरोन्नति प्रारम्भ भएको छ ।
दश किलोमिटर लामो यो सडकको स्तरोन्नतिका लागि तमानखोला गाउँपालिकाले रु एक करोड ४५ लाख ५८ हजार विनियोजन गरी काम थालेको गाउँपालिकाका अध्यक्ष जोकलला बुढामगरले जानकारी दिए ।
ढोरपाटनसम्मको यात्रालाई सहज बनाउन थालिएको स्तरोन्नतिका क्रममा सडक चौडा गर्ने, पानीको निकासका निम्ति नाली र बोङ्खानीखोलामा कल्भर्ट निर्माण गरिने छ । यो बाटो २०७५ सालमा खुलेको हो ।
तमानखोला–२ का चुलेन्द्र विकले अहिलेको साँघुरो सडक अब फराक भएपछि सबै प्रयोगकर्ताको आवागमन सहज हुने बताए । तमानखोला बाग्लुङको विकट गाउँपालिका हो । यहाँका धेरै स्थानलाई सडक सञ्जालबाट जोड्न बाँकी छ ।
ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु

७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती
धवलागिरिको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिँदै

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

विषादी न्यूनीकरणमा जोड दिँदै कृषि ज्ञान केन्द्र

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान वितरण

प्रतिक्रिया