जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने

टोकियो- जापान सरकारले आफ्नो रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब दोब्बर बनाउने योजनालाई अन्तिम रूप दिइरहेको छ ।
सरकारले अप्रिल सन् २०२६ मा कर्पोरेट कर दरमा चार प्रतिशत वृद्धि गर्ने लक्ष्य राखेको छ भने जनवरी सन् २०२७ देखि आयकर दर एक प्रतिशतले बढ्ने प्रतिवेदनमा उल्लेख छ ।
जापानमा अप्रिल सन् २०२६ देखि सुर्तीजन्य करहरू क्रमशः बढ्ने सम्भावना छ ।
प्रतिवेदनका अनुसार जापानले आर्थिक वर्ष सन् २०२७ देखि पाँच वर्षसम्म राष्ट्रिय रक्षामा कुल ४३ ट्रिलियन येन (लगभग २८४ बिलियन अमेरिकी डलर) खर्च गर्ने योजना बनाएको र सरकारले कर वृद्धि मार्फत वार्षिक एक ट्रिलियन येन थप संकलन गर्ने लक्ष्य राखेको छ ।
सरकार र सत्तारुढ दलहरूले आगामी वैशाखदेखि सुरु हुने आर्थिक वर्ष सन् २०२५ का लागि बृहत् कर सुधार योजनाको मस्यौदा तयार गरिरहेका छन् । कर वृद्धिको अन्तिम कार्यतालिका डिसेम्बरको अन्त्यसम्ममा सम्पन्न हुने मस्यौदामा उल्लेख हुने अपेक्षा गरिएको प्रतिवेदनमा भनिएको छ ।
जापानको सैन्य बजेटको विस्तारले आन्तरिक र अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढाएको छ । (सिन्ह्वा)

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवत…

अमेरिकी करले ब्राजिलको अर्थतन्त्रमा ठूलो असर पर्ने खतरा : प्रतिवेदन
चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि

लेबनानमा इजरायली हवाई आक्रमण : १२ जनाको मृत्यु

गाजामा मानवीय संकट गहिरिँदै, इयुको ध्यान सहयोगमा केन्द्रित

प्रतिक्रिया