डीन र क्याम्पस प्रमुखमा पनि दलीय भागबन्डा खोज्नु अक्षम्य अपराध : सांसद श्रेष्ठ

पूर्वशिक्षामन्त्री तथा रास्वपाबाट प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको डीन र क्याम्पस प्रमुख नियुक्तिमा सत्तारुढ पार्टीहरूले भागबन्डा खोजिरहेको विषय अक्षम्य अपराध भएको बताएकी छन् ।
मार्क्सवादी ज्ञान केन्द्रले मंगलबार आयोजना गरेको कार्यक्रममा योग्यता र क्षमताका आधारमा नियुक्ति हुनुपर्ने प्राज्ञिक क्षेत्रमा पनि दलीय भागबन्डा हुने गरेकोले नै नेपालको उच्च शिक्षा दक्ष जनशक्ति उत्पादन गर्न असक्षम भएको उनको भनाइ थियो ।
‘नेपालमा भ्रष्टाचार: चुनौती र नियन्त्रणका प्रयासहरू’ विषयक भर्चुअल अन्तरक्रियामा बोल्दै श्रेष्ठले विश्वविद्यालयमा राजनीतिक दलीय हस्तक्षेप नरोकिएसम्म उच्च शिक्षा सुधार सम्भव नहुने बताएकी थिइन् । राजनैतिक दलहरूले नै चेतनशील र सीप सहितको जनशक्ति उत्पादन गर्ने थलोमा प्राज्ञिक दक्षता नहेरी आफ्ना दलका मान्छे राख्न भाग खोज्ने र भाग नपाउँदा विद्यार्थी संगठन परिचालन गरेर अराजकता फैलाउन खोजेको उनको आरोप थियो ।
उच्च शिक्षामा मेरिटोक्रेसी स्थापित गर्नका लागि आफ्नो कार्यकालमा धेरै संघर्ष गरेको तर अहिलेको सरकारले भने फेरि आफ्नो कार्यकर्ता भर्ती केन्द्र बनाउन विश्वविद्यालयको नेतृत्वलाई धम्क्याउने काम गरिरहेको उनको भनाइ थियो ।
'दलले नियुक्त गरेका व्यक्तिको जवाफदेहिता दलप्रति मात्र हुने, संस्थाको गुणस्तर र विद्यार्थीको हित प्राथमिकतामा नपर्ने देखिएको छ । शिक्षक एकदमै सम्मानित पेसा भएकाले राजनीतिक दलको आँखाबाट नभएर क्षमता र उत्कृष्टताका आधारमा हेर्नुपर्छ ।'
सांसद श्रेष्ठले भनिन्, ‘बेथिति सुधार गर्न बनेको समितिको प्रतिवेदन कार्यान्वयन नगर्ने उल्टै मेरिटोक्रेसीको मजाक उडाउने कामको हामीले विरोध गर्नुपर्छ ।’ आफू शिक्षा मन्त्रालयमा हुँदाखेरि त्रिवि सेवा आयोग र विभिन्न विश्वविद्यालयमा नयाँ कार्यविधि बनाएरै उत्कृष्टताका आधारमा पदाधिकारी छनोट गरिएको उनको दाबी थियो । ‘सेटिङका आधारमा हुने नियुक्ति हटाउने मा अडिग रहेको बरु पद त्याग्छु तर राजनीतिक दलीयकरण हटाएरै छोड्छु भनेर काम गरेको हुँ, शिक्षामा दलीयकरण हटाउने मेरो प्रमुख एजेन्डा हो,’ उनले भनिन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया