खेलाडीहरू खुसी छैनन् : ग्वार्डिओला

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले प्रिमियर लिगमा शनिबार बर्नलीविरुद्ध जित हासिल गरे पनि आफ्ना खेलाडीहरूले खुसीयाली नमनाएको बताएका छन् । जारी सिजनमा सिटीको ब्यस्त तालिका भएका कारण, खेलाडीहरूले पर्याप्त आराम नपाउने र तनावमा रहनुपर्ने भएका कारण उनीहरूले जितको खुसीयाली मनाउने वातावरण नभएको ग्वार्डिओलाको भनाइ थियो ।
‘खेलाडीहरूले अहिले खेलका मज्जा लिन सकिरहेका छैनन् । दर्शकले भरिएको रंगशालामा साताको एक वा दुई खेल खेल्दा खेलाडीले रमाइलो मान्ने हो । तर अहिले प्रत्येक तीन दिनमा खाली रंगशालामा खेल्नुपर्दा खेलाडीलाई नमज्जा लागिरहेको छ,’ बर्नलीविरुद्ध ५–० को जित दर्ता गरेपछि ग्वार्डिओलाले भने ।
शनिबार बर्नलीलाई हराउनु अघि प्रिमियर लिगमा सिटीले यस पटक आठ खेलमा १० गोल मात्र गर्न सकेको थियो । ग्वार्डिओलाले आफ्ना फर्वाडहरू जारी सिजनमा राम्रो लयमा नरहेको स्विकार गर्दै उनीहरूले टीममा आफ्नो स्थान सुरक्षित राख्ने हो भने गोल गर्न सुरु गर्नुपर्ने बताए ।
‘यस सिजन हामीले आवश्यक संख्यामा गोल गर्न सकेको छैन । त्यसकारण, स्ट्राइकरहरुले मेहेनत गर्न आवश्यक छ । रहिम स्टरलिङ र ग्रबियल जिजसले गोलको योगदान बढाउन आवश्यक छ । किनभने उनीहरूको मुख्य काम नै गोल गर्नु हो,’ ग्वार्डिओलाले भने ।
गत साता टोटेनहमसँग पराजित भएको सिटीले बर्नलीविरुद्धको जितले अंक तालिकाको आठौं स्थानमा उक्लेको छ । आउँदो मंगलबार, सिटीले च्याम्यिन्सस लिगमा र्पोचुगिज क्लब एफसी र्पोटोको सामना गर्नेछ भने प्रिमियर लिगमा शनिबार फुलहमसँग भिड्नेछ । रोयटर्स

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया