चाँडाे १ हजार करोड कमाउने भारतीय फिल्म बन्दै पुष्पाः २

मुम्बई- अल्लु अर्जुनको फिल्म ‘पुष्पाः द राइज’ को सिक्वेल ‘पुष्पा २: द रुल’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । ‘पुष्पा २: द रुल’ लाई लिएर भारतमा मात्रै नभई विश्वभरका फ्यानमा क्रेज देखिएको छ ।
यही कारणले गर्दा अल्लु अर्जुन र रश्मिका मन्दना यो फिल्मले पाँच दिनमा ९०० करोडभन्दा बढी कमाइ गरिसकेको छ । अब ‘पुष्पा २:द रुल’ ले आफ्नो छैटौं दिनमा अर्को नयाँ र ठूलो सफलता हासिल गरेको छ, जुन अहिलेसम्म कुनै पनि भारतीय चलचित्रले पाउन सकेको थिएन ।
मिडिया रिपोर्टका अनुसार ‘पुष्पा २: द रुल’ले छैटौं दिनमा १ हजार करोड रुपैयाँबाट मात्र टाढा छ । अल्लु अर्जुनको फिल्मले छैटौं दिन करिब ५५ करोड कमाएको छ । तर, यो फिल्मको अनुमानित तथ्यांक मात्रै हो । जसमा परिवर्तनको सम्भावना छ । अहिलेसम्म हेर्ने हो भने ‘पुष्पा २: द रुल’ ले अहिलेसम्म ९७७ करोड कमाइ सकेको छ ।
‘पुष्पा २: द रुल’ले रिलिजको पहिलो दिनदेखि नै तरङ्ग बनाउन थाल्यो र दोस्रो दिनदेखि नै चलचित्रले बक्स अफिसमा हरेक दिन नयाँ कीर्तिमान बनाउन सुरू गरयो । भारतमा ‘पुष्पा २: द रुल’ ले पहिलो दिन ७० देखि ८० करोड रुपैयाँ कलेक्सन गरेको थियो भने दोस्रो दिनदेखि लगातार बढ्दै गएको थियो ।
फिल्मको हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम संस्करण सबैमा राम्रो प्रदर्शन गरिरहेका छन् । फिल्मले हिन्दी क्षेत्रमा पनि राम्रो कमाई गरिरहेको छ, जसले फिल्मप्रति दर्शकको क्रेज देखाउँछ ।
चलचित्रले दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएसँगै बक्स अफिसमा यसको प्रदर्शन उत्कृष्ट रहेको छ । विशेषगरी आगामी सप्ताहन्तमा यो फिल्मको कलेक्सन अझै बढ्ने अपेक्षा गरिएको छ ।

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

प्रतिक्रिया