संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै

काठमाडौँ- संघीय संसदका तीन वटा समितिको बैठक बस्दैछ ।
आज बस्ने शिक्षा, राज्य ब्यवस्था र अर्थ समितिको बैठक बस्दैछ ।
संसद् सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा विज्ञहरुसँग छलफल गर्नेछ । बिहान ११:०० बजे बस्नेछ ।
राज्य व्यवस्था तथा सुशासन समितिका बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्तासँग छलफल हुनेछ । सो बैठक दिनको २:०० बजे बस्नेछ ।
अर्थ समितिको बैठकमा समितिमा प्राप्त बिधेयकहरु माथिको कार्यवाहीको लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा माननीय अर्थमन्त्री समेतको उपस्थितिमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।
जुन बैठकमा मुलुकको समग्र आर्थिक प्रणालीमा राजस्व संकलनको अवस्था र भन्सार कार्यालयहरुले व्यहोर्नु परेका नितिगत एवं व्यवहारिक समस्या र समाधानका उपाय सम्बन्धमा छलफल हुनेछ । सो बिहान ११:०० बजे बस्नेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

संसदीय अभ्यासमा सुधारको आवश्यकता छः उपसभामुख राना

संसद्लाई जनमुखी बनाउन आवश्यकः अध्यक्ष दाहाल

संसद्मा सहभागी दललाई सहकार्यमार्फत अगाडि बढ्न आह्वान गर्छुः सभामुख घिमिरे

सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

प्रतिक्रिया