नेप्से एकै दिन ७५ अंकले बढ्यो, कारोबार नै सवा ९ अर्ब

काठमाडौंः सेयर बजार परिसूचक र कारोबार रकमले दैनिक नयाँ रेकर्ड बनाउने क्रम जारी छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक आज ७५.०२ अंक अर्थात् ३.९६ प्रतिशतले बढेर १,९६८.२७ अंक पुगेको छ । साताको पहिलो दिन आइतबार नेप्सेमा २०० कम्पनीका ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार तीन सय ४८ रुपैँया मूल्यबराबरका २ करोड ५९ लाख ४५ हजार तीन सय ८० कित्ता सेयर ८० हजार दुई सय ७१ कारोबारमार्फत् किनबेच भएका छन् ।
केही समययता नेप्सेमा लगातार उछालसँगै सेयर बजार पुँजीकरण करिब २६ खर्ब ३८ अर्ब रुपैँया पुगेको छ ।
अघिल्लो साता अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकले यसभन्दा अघिको पुरानो रेकर्ड ब्रेक गर्दै १,८९३.२४ अंकमा पुगेको थियो । यद्यपि दैनिक कारोबार रकम भने ७ अर्ब ६१ करोड पुगेको थियो ।
आइतबार बैंकिङ्ग उपसमूहले बजारलाई उचालेको छ । बैंकिङ्ग, विकास बैंक, वित्त कम्पनी, जलविद्युत्, लघुवित्त, जीवन विमा, म्युचुअल फण्ड तथा नेपाल टेकिकम समेतको सेयर सूचीकृत अन्य उपसमूहको परिसूचक उकालो लागेको छ । त्यस्तै, ट्रेडिङ्ग, होटल, निर्जिवन बीमा, म्यानुफ्याक्चरिङ्ग तथा प्रडक्सन उपसमूहको परिसूचक ओरालो लागेको छ ।
बैंकहरुको प्रतिफल कमजोर हुँदा पनि लगानीकर्ता बैंकको सेयरमा झुम्मिएका छन् । बैंकिङ उपसमूहको सेयरको माग बढेको छ । आज नेप्सेमा ग्रीन डेभलमपेन्ट बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, सेञ्चुरी बैंक लिमिटेड, सनराइज बैंक लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडको सेयर मूल्य बढेको छ ।

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य: उर्जा मन्त्री खडका

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया