‘एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्ने’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् ।
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले मङ्गलबार यहाँ आयोजना गरेको ‘बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोगको खतरा’ विषयक नागरिक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले युवा पलायन रोक्न देशमा रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् ।
एक आर्थिक वर्षमा कति राजस्व सङ्कलन भयो भनेर मापन गरिए जस्तै वर्षमा कति रोजगारी सिर्जना भयो भनेर पनि मापन गरिनुपर्ने उनले बताए । “मुख्य राजनीतिक दलमा यस्ता विषयमा छलफल नै हुँदैन, सञ्चारमाध्यमले पनि यस्ता विषयमा बहस गराउन सकेको छैन, सत्तारुढ दलको दुई दलीय संयन्त्रमा मैले यस्ता विषयमा बहसको आरम्भ गराएको छु, रोजगारी सिर्जना गर्न सकियो भने राजनीतिक नेतृत्वलाई पनि सहज हुन्छ”, उहाँले भने।
अबको समय ज्ञान अर्थतन्त्रको भएकाले त्यसका लागि आवश्यक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने महामन्त्री थापाको भनाइ छ । धेरै युवा रोजगारीकै लागि विदेशिएकाले वैदेशिक रोजगारसहित स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने गरी मन्त्रालयको व्यवस्था गरिनुपर्ने उहाँको धारणा छ । रासस

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया