धरानमा ‘बिजनेस एक्स्पो’ हुने

धरानमा आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी माघमा १४ दिने ‘बिजनेस एक्स्पो’ आयोजना हुने भएको छ ।
नेपाल उद्योग व्यवसायी महासङ्घ धरान उपमहानगर समितिले स्थानीय रङ्गशालामा माघ २६ देखि फागुन १० गतेसम्म एक्स्पो आयोजना गर्ने महासङ्घका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी दिए ।
एक्स्पोमा साना घरेलु, मझौला तथा ठूला उद्योगका उत्पादन, स्थानीय कृषि उपज, तयारी पोसाक, रत्न तथा आभूषण, जुत्ताचप्पल, साजसज्जाका सामग्री, खाना महोत्सव, पुष्प व्यापार, कृषि औजार, विद्युतीय उपकरण, औद्योगिक प्रदर्शनी समावेश गरिनुका साथै ती सामग्रीको खरिद बिक्री हुनेछ ।
साथै प्याराग्लाइडिङ, र्याफ्टिङ, साइक्लिङ, साहसिक तथा रोमाञ्चक खेल पनि प्रस्तुत गरिनेछ । एक्पोमा तीन सय ५० प्रदर्शनी कक्ष राखिने छन् ।

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

कति छ आज सागसब्जी र फलफूलको मूल्य ?

आजदेखि घट्यो पेट्रोलको मूल्य, बढ्यो डिजेल र मट्टितेलको

आजको लागि विदेशी मुद्राको विनिमयदर

घट्यो पेट्रोलको मूल्य

सघन सहरी तथा भवन आयोजना जुम्लाको ७५ करोड बजेट फिर्ता

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया