आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

ट्रायम्फ नेपालले सम्पन्न गर्यो लिगेसी राइडः बन्दीपुर एडिसन

ट्रायम्फ नेपालले आफ्नो पहिलो औपचारिक मोटरसाइकल र्‍याली ‘ ट्राइम्फ लिगेसी राइडः बन्दीपुर एडिसन ’ मंसिर २२ र २३ गते आयोजना गरेको छ । ट्रायम्फ मोटरसाइकलका आधिकारिक वितरक, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले आयोजना गरेको यस ट्राइम्फ लिगेसी राइड ः बन्दीपुर एडिसन मा २२ ट्रायम्फ मोटरसाइकलमा सावर २९ जना राइडरहरुले सहभागिता जनाएका थिए । 

शनिबार बिहान राइडरहरु नक्साल स्थित ट्राइम्फ शोरुमबाट पुष्पलाल राजमार्ग र पृथ्वी राजमार्गको मनोरम दृश्य र सुन्दर घुमाउरो सडकतर्फ प्रस्थान गरेका थिए । सुन्दर जङ्गल, झरना, नदीहरू को मनोरम दृश्य पार गर्दै राइडरहरु साँझ बन्दीपुर पुगेका थिए । गुरुङ समुदायको रमाइलो सांस्कृतिक चुड्का नाचको साथ दिनको समापन भयो, जहाँ राइडरहरूले चुड्कामा नाच्दै र गाउँदै राइडको सफलताको उत्सव मनाएका थिए ।

दोस्रो दिन राइडरहरुले सांस्कृतिक रुपमा समृद्ध बन्दीपुर गाउँ र बन्दीपुरका विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन गरेका थिए जसले स्थानीय व्यापार प्रवद्र्धन र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न मद्दत गरेको थियो भने यस राइडले दुई पाङ्ग्रे पर्यटन प्रवद्र्धन गर्न पनि मद्दत गरेको थियो । 

ट्राइम्फ नेपालका प्रबन्धक सागर थापाले भने, “ट्रायम्फ लिगेसी राइड ः बन्दीपुर एडिसन ट्राइम्फ मोटरसाइकल राइडरहरूको उत्सव मात्र नभई नेपालको बढ्दो मोटरसाइकल कल्चरको नयाँ यात्राको सुरुवात पनि हो ।” नेपालमा ट्राइम्फ मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दुई पाङ्ग्रे पर्यटन प्रवद्र्धन र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न आगामी दिनहरूमा पनि थप यस्तै राइडहरू सञ्चालन गर्ने घोषणा गरेको छ ।

नक्सालमा खुल्यो सि-कार, नयाँ तथा पुराना गाडीको सोरुम, चाजिङ स्टेसन र क्याफे एकै ठाउँमा

नक्सालमा खुल्यो सि-कार, नयाँ तथा पुराना गाडीको सोरुम, चाजिङ स्टेसन र क्याफे …

यामाहाले ७० औं वार्षिकोत्सवमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर !

यामाहाले ७० औं वार्षिकोत्सवमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर !

केयी इ–क्यूट ०२ अब नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

केयी इ–क्यूट ०२ अब नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीक…

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्रा…

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप