इजरायलद्धारा सिरियामाथि तीन सय बढी हमला, सिरियाको वायुसेना र हवाई रक्षा ध्वस्त

दमास्कस- इजरायलले सिरियामा कू पछि फैलिएको अराजकताको फाइदा उठाउन खोजिरहेको छ।
राष्ट्रपति बकर अल असदको सेनाले मैदान छाडेको र सिरियाको सुरक्षाका लागि त्यहाँ कुनै सरकार वा सेना डिफेन्सिभ भएको मौका पारेर इजरायलले ब्यापक हवाइ हमला गरेको हो ।
विद्रोहीहरूले कब्जा गरेपछि इजरायलले गोलान हाइट्स नजिकैको सिरियाली क्षेत्रमा आफ्नो कब्जा बढाउन थालेको छ।
जसअनुसार इजरायलले पछिल्लो ४८ घण्टामा सिरियामा करिब ३ सय हवाई आक्रमण गरेको छ । जसका कारण सिरियाली वायुसेना र वायु रक्षा नेटवर्क पूर्ण रूपमा ध्वस्त भएको छ, यी आक्रमणहरूमा लगभग सबै विमान, हेलिकप्टर र वायु रक्षा प्रणालीहरू नष्ट भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इजरायलले सोमबार सिरियाली हतियारहरूलाई निशाना बनाएको छ कि बशर अल असदको शासनको पतन पछि चरमपन्थीहरूको हातमा पर्न सक्ने डर छ। इजरायली विमानले कम्तिमा तीनवटा प्रमुख सिरियाली सेनाको हवाई लक्ष्यमा बमबारी गरेको र दर्जनौं हेलिकप्टर र जेट विमानमा आक्रमण गरेको दुई सिरियाली सुरक्षा स्रोतले सोमबार बताएको थिए । असद सत्ताबाट हटाएपछि हवाई अड्डामा भएका यी सबैभन्दा ठूलो आक्रमण हुन्।
उता कतार, साउदी अरेबिया र इराकले इजरायलका यी आक्रमणको निन्दा गर्दै सिरियाली क्षेत्रलाई जतिसक्दो चाँडो आफ्नो कब्जा छाड्न आग्रह गरेका छन्। यस बाहेक हुथी समूहले कुनेइत्रा र माउन्ट हर्मनका नयाँ क्षेत्रहरूमा इजरायली सैन्य कारबाहीका साथै दमस्कसमा हवाई आक्रमणमा भएको वृद्धिप्रति पनि गहिरो चिन्ता व्यक्त गरेको छ।
इजरायल मात्रै होइन अमेरिका र टर्कीले पनि आ–आफ्नो स्वार्थ जोगाउन सिरियामा हवाई आक्रमण गरिरहेका छन् । अमेरिकी विदेश मन्त्रालयले सोमबार जानकारी गराएको छ कि उसले लगभग आइएसआइएसका ७५ ठेगानामा आक्रमण गरेको छ।
उता टर्कीले पनि कुर्द लडाकुको स्थानलाई निशाना बनाएको छ ।

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवत…

अमेरिकी करले ब्राजिलको अर्थतन्त्रमा ठूलो असर पर्ने खतरा : प्रतिवेदन
चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि

लेबनानमा इजरायली हवाई आक्रमण : १२ जनाको मृत्यु

गाजामा मानवीय संकट गहिरिँदै, इयुको ध्यान सहयोगमा केन्द्रित

प्रतिक्रिया