रौतहटमा जिप दुर्घटनामा आठ जनाको मृत्यु, पाँच घाइते

चन्द्रपर (रौतहट)- बारामा गढीमाईको दर्शन गरेर सिराहा फर्कँदै गरेको बा १६ च ३१६२ नम्बरको जिप रौतहटमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।
पाँच जना घाइते भएका छन् । बारामा गढीमाईको दर्शन गरेर फर्किदै गरेको जिप दुर्घटनामा परेको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको लमाहामा गए राति जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।
जिप अनियन्त्रित भई रुखमा ठोकिएको थियो । दुर्घटनामा परी सिरहाको अर्नामा नगरपालिका–३ बंठिया टोलका रामकुमारीदेवी महरा, रामकुमारी महरा, सकुन्तलादेवी महरा, उर्मिला महरा, लरुवतीदेवी महरा, महगीदेवी महरा, फुलमन्तीदेवी चमार र चालक श्रीकुमार यादवको मृत्यु भएको प्रहरी नायब राईले जानकारी दिए ।
मृतकहरूको चन्द्रनिगाहपुर अस्पतालमा सनाखत गरिएको हो । दुर्घटनामा घाइते भएका राधा राम, आर्यन राम, देवकुमारी महरा, रितिक महरा र कन्यादेबी महरालाई उपचारका लागी पर्साको वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।- रासस

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया