बजेट पास नहुने देखिएपछि बागमती प्रदेश सभा स्थगित

हेटौंडा : बागमती प्रदेश सभाको बैठक आइतबारको लागि दोस्रो पटक स्थगित भएको छ । आइतबार बिहान ११ बजेसम्म स्थगित प्रदेश सभा दिउँसो ३ बजेट बस्ने भनिएपनि बस्न सकेन् । अब प्रदेश सभा बैठक सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
शनिबार प्रमुख प्रतिपक्ष दल माओवादी लगायत विपक्षी दल कांग्रेस, विवेकशील, नेमकिपा, जसपा, राप्रपा लगायतले बजेटको विरोध गरेसँगै सदन चल्न सकेन् । आइतबार प्रदेश सभाको सभामुख सानुकुमार श्रेष्ठले दलहरुसँग छलफल गरेपनि बैठक बस्न सक्ने वातावरण बन्न नसकेपछि बैठक सोमबारलाई सारियो ।
बजेटमा विद्युतीय बस, सुरुङ मार्ग, विपदको रकम स्थानीय तहलाई पठाउनुपर्ने, बजेट पुस्तिका लगायतमा असन्तृष्टि जनाउँदै विपक्षी सांसदले सदन अवरुद्ध गरेका थिए । बजेट विनियोजन गर्दा सांसदलाई नै असमानता गरेको सांसद लालकुमारी पुनले बताइन् ।
प्रदेश सभामा केन्द्रमा देखिएको राजनीतिले गर्दा सदन नचल्ने अवस्था सिर्जना भएको हो । प्रदेश सभामा एमालेको एकल बहुमत रहेको छ । नेकपाको वरिष्ठ नेता माधव कुमार नेपाल समूहको सांसदको साथ पाउँदा बागमती प्रदेशले बहुमतले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पास गरेको थियो ।
तर, अहिले केन्द्रमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एक र कांग्रेस, माओवादी लागायतले बाम गठवन्धन गर्दा बागमती प्रदेशको बजेट पास नहुनेस्थिति बनेको हो ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया