आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

जंगी अड्डामा चिनियाँ रक्षामन्त्रीको सम्मान (तस्बिरहरू)

प्रधानसेनापति थापासँग द्विपक्षीय वार्ता

काठमाडौँ : भ्रमणका लागि आइतबार नेपाल आएका चिनियाँ विदेशमन्त्री  वेइ फेङ्हेलाई नेपाली सेनाको मुख्यालय जंगी अड्डामा पुगेका छन् । वेइले जंगी अड्डामा नेपाली सेनाले दिएको सलामी ग्रहण गरे । त्यसपछि जंगी अड्डामै वेइले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गरेका छन् । प्रधानसेनापति थापासँगको वार्तापछि चिनियाँ र नेपाली सेनाका प्रतिनिधिबीच  छलफलसमेत भएको छ । 


 
चीनको स्टेट काउन्सिल  सदस्यसमेत रहेका  रक्षामन्त्री वेइ आठघण्टे नेपाल भ्रमणमा आएका हुन् । उनी २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आइतबार विहान काठमाडौं ओर्लेका थिए । 


 
उनलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।  प्रधानसेनापतिसँगको छलफल लगत्तै वेइ उच्च राजनीतिक भेटघाट गरेर बंगलादेश तर्फ लाग्‍नेछन् । उनको टोलीमा  जनमुक्ति सेनाका उच्च अधिकारीसमेत छन् । 


 
चिनियाँ उच्च प्रतिनिधिको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । विमानस्थलमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिंदै वेइले नेपाल र चीनका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताए ।

उनले सैन्य सहयोग अभिवृध्दि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउने चिनियाँ चाहना पनि ब्यक्त गरे । चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए ।

 


 

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेस