धरानको मेयर : अभिब्यक्तिकाे विराेधमा पत्रकारकाे माैन जुलस

धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङलाइ कारवाहीको माग गर्दै सुनसरीका पत्रकारहरूले मौन जुलुस निकालेका छन् । सोमबार समाचारको बिषयलाइ लिएर पछिल्लो समय मेयर साम्पाङले पत्रकारहरूलाई धम्की दिए पछि धरानमा मौन जुलुस निकालिएको हो ।
मेयरका कारण पत्रकारहरू सुनसरीमा असुरक्षित रहेको भन्दै मौन उनीहरूले जुलस निकालेको जनाइएको छ ।
मेयर साम्पाङले पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषि राई र गोपाल दाहाललाई सार्वजनिक रूपमा धम्की मात्रै होइन, गृह मन्त्री रमेश लेखकलाइ पत्र लेखेर कारबाही गर्न पनि माग गरे पछि सुनसरीका पत्रकार आक्रोशित भएका हुन् ।
पत्रकार महासंघको नेतृत्वमा भानुचोकबाट निस्किएको जुलुस कलेज रोड, छाता चोक हुँदै धरान उपमहानगरपालिकाको मुख्य गटमा पुगेर साम्पाङका अराजक गतिविधि नियन्त्रण गर्न माग गरिएको थियो ।
समाचार लेखेकै कारण पटकपटक शृङ्खलावद्ध धम्की दिँदा समेत साम्पाङलाई कुनै कारवाही नभएको भन्दै पत्रकार महासंघ आन्दोलनमा उत्रनु परेको पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाले जानकारी दिए ।

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

खाल्डोमा डुबेर बालकको मृत्यु

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

प्रतिक्रिया