एडीबीको सहयोग निरन्तर हुनेमा आशावादी : अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालको ऊर्जा क्षेत्रमा सहयोग पुर्याएका एसियाली विकास बैंक (एडीबी) लाई धन्यवाद दिँदै आगामी दिनमा सहयोग निरन्तर हुनेमा आशावादी रहेको बताएका छन् ।
फोटो पत्रकार क्लब (पीजे क्लब) ले एसियाली विकास बैंकसँगको सहकार्यमा आयोजना गरेको फोटो प्रदर्शनीपछि आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले फोटो प्रदर्शनीले नेपाल सरकार र एडीबीबीच ५० वर्षे सहकार्यमा नेपालको ऊर्जा क्षेत्रमा भएका विकासलाई दृश्यमार्फत प्रस्तुत गरिएको र प्रदर्शनीले नेपालको ऊर्जा विकासमा एडीबीको भूमिकालाई स्पष्ट पारेको उल्लेख गरे ।
हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतम, स्वतन्त्र ऊर्जा उत्पादक संघका उपाध्यक्ष आनन्द चौधरी र कलाकार विजय बराललगायत विशिष्ट व्यक्तित्व, विभिन्न विद्यालय ,कलेज तथा आमसर्वसाधारणले अवलोकन गरेका थिए ।
नेपालको ऊर्जा क्षेत्रको विकासमा (एसियाली विकास बैंक)एडीबी र नेपाल सरकारबीच सहकार्य पाँच दशक पुगेको अवसरमा नेपाल आर्ट काउन्सिल, बबरमहलमा सप्ताहव्यापी फोटो प्रदर्शनी गरेको हो । अवलोकनपछि पत्रकारहरूसँग बोल्दै हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत गौतमले यस प्रदर्शनीबाट नेपालको ऊर्जा क्षेत्रको विकासमा एडीबीले पुर्याएको सहयोग र नेपालमा ऊर्जा उत्पादन, प्रसारण तथा वितरण लाइन एवं सुदृढीकरणमा एडिवीको कति भूमिका छ भन्ने देखाएको बताए ।
स्वतन्त्र ऊर्जा उत्पादक संघका उपाध्यक्ष आनन्द चौधरीले नेपालको ऊर्जा विकासमा एडिबीको सहयोगको पाटोलाई यस फोटो प्रदर्शनीले देखाएको उल्लेख गरे । प्रदर्शनी उत्पादन, प्रसारण, वितरण र ‘बियोन्ड द मिटर’ गरी चार विधामा विभाजन गरिएको छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया