मोहन बैद्य पाँच बर्षका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित

काठमाडौं - मोहन वैद्य पुनः क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा निर्वाचित भएका छन् ।
आज साँझ सम्पन्न एकता महाधिवेशनले वैद्यलाई महासचिवमा सर्वसम्मत निर्वाचित गरेको हो ।
यस एकता महाधिवेशनले बहुपदीय व्यवस्था खारेज गरेको थियो, महाधिवेशन कीर्तिपुरमा सम्पन्न भएको हो ।
महाधिवेशनको बन्द सत्रमा वैद्यलाई अर्का नेता सन्तबहादुर नेपालीले महासचिवमा प्रस्ताव गरेका थिए भने हेमन्तप्रकाश ओलीले समर्थन गरेका थिए । लगत्तै हलमा प्रस्ताव गरे पछि उनी सर्वसम्मत रूपमा निर्वाचित भएका हुन ।
महासचिव वैद्य अब कम्तीमा पाँच वर्ष सो पार्टीको नेतृत्वमा रहनेछन् । सो महाधिवेशनले ११७ सदस्यीय केन्द्रीय समिति रहने साङ्गठनिक प्रतिवेदन पारित गरेको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया