संसदले गर्ने निर्णय कार्यान्वयन गर्न नसक्दा संसद सेवा प्रभावकारी हुन सकेन : राष्ट्रिय सभा अध्यक्ष

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदले गरेका काम र निर्णयहरू व्यवहारमा लागू गर्न नसक्दा संसद सेवा प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन् ।
आइतबार १८ औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संसद, सरकार र सरकारी संयन्त्रहरूले जनता राष्ट्रको हित हुनेगरी निर्णय गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिको कारणले संसदको भुमिका प्रभावकारी हुन नसकेको बताएका हुन् ।
उनले संसदको भुमिका प्रभावकारी बनाउन विगतमा गर्न नसकेका कामहरूको कारणसहित उजागर गर्न आवश्यक रहेको बताए । निर्णय गरिएका विषयहरू मिडियामा प्रचारबाजी गर्नुभन्दा व्यवहारमा लागू गर्न आवश्यक रहेको उनको भनाइ छ ।
उनले भने ‘संसदको बैठक बस्दा हामीले निर्णयहरू नराम्रा हामीले गर्दैनौँ । कम्तीमा पनि जनता र देशको हित हुने ढंगले नै हामीले निर्णयहरू गरिरहेका हुन्छौँ । नराम्रो निर्णय त हामी गर्दै गर्दैनौँ । कति राम्रो गर्छौं त्यो आफ्नो ठाउँमा छ । अनि मिडियाको अगाडि आज हामीले यो निर्णय गर्यौँ भनेर नि भन्छौं । मदेखि हामी सबैहरू आफूले गरेको निर्णय मैले आज यति निर्णय गर्नसके यति निर्णय कार्यान्वयन भएका छैनन् भनेर चाहिँ भन्न सक्दैनौँ । संसद प्रभावकारी रुपमा सञ्चालन नहुनुको प्रमुख समस्या यो पनि हो जस्तो मलाई लाग्छ । संसदलाई प्रभावकारी बनाउन गर्नुपर्ने आवश्यक कामहरु हामीले उजागर गर्न नसकेका कामहरु उजागर गरे मात्र सक्छौँ । निर्णय गरिएका कुरालाई प्रचारमा लाने कुरालाई भन्दा निर्णय गरेका कुरा व्यवहारमा लागू गर्न नसकेको कारणसहित गर्न नसकेका आँट र हिम्मत हामी सबैमा हुनुपर्दछ भन्ने मलाई लाग्छ । यसो गर्न सकेमात्र संसद संसदको भूमिकालाई प्रभावकारी बनाउन सकिन्छ ।’
उनले संसद चलाउने क्रममा भएका गल्तीहरू सबैले स्वीकार गर्दै भविष्यमा त्यस्ता गल्तीहरू नदोहोर्याउने प्रतिबद्धता गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले सांसदहरुलाई विकास निर्माणमा केन्द्रित गर्ने कि विधेयक निर्माणमा भन्ने बहस हुन आवश्यक रहेको बताए । उनले सांसदहरूसँगै संसद सेवाले काम गर्नुपर्ने भएको हिसाबले जनतासँग जोडिएको उल्लेख गर्दै विकास निर्माणसँगै कानुन निर्माणमा ध्यान दिन जरुरी रहेको बताए ।
अधिकांश सांसदहरू कानुन निर्माणभन्दा विकास निर्माणका काममा सक्रियता देखाइरहेको उल्लेख गर्दै उनले सिद्धान्त तः कानुन निर्माणमै जोड दिन आवश्यक रहेको समेत स्पष्ट पारे ।
उनले भने ‘यो संसद सेवामा कार्यपालिका र मन्त्रालयको जस्तो कर्मचारीको कामले पुग्दैन । यो सेवा प्रत्यक्ष जनतासँग जोडिएको जस्तो पनि नदेखिने तर यहाँ सबै सांसदहरूसँगै संसद सेवाले काम गर्नुपर्ने भएको हुनाले अप्रत्यक्ष हिसाबले हामी फेरि जनतासँगै जोडिएका छौं । अहिले जसरी सांसदहरूलाई विकास निर्माणमा केन्द्रित गर्ने कि विधेयक निर्माणमा भन्ने बहस बनेको छ । यसको सैद्धान्तिक पक्ष के हो भन्ने कुरा महत्वपूर्ण पक्ष हो । जनप्रतिनिधिले जितेको क्षेत्रका जनतासँग धेरै प्रतिबद्धताहरू गरेर आएको हुन्छ । विकास निर्माणमा नजोडिने कुरा त हुँदै हुँदैन । तर सिद्धान्त तः हामी कानुन निर्माण गर्छौं । कानुन निर्माणमा पनि सांसदहरू कति स्वायत्त हुन्छन् भन्ने प्रश्न पनि उठ्ने गरेको छ । निर्वाचित भइसकेपछि निर्वाचित भएपछि म यो काम गर्छु भनेर निर्वाचनमा भाग लिएको हुन्छ । उनीहरु आएपछि हाम्रो राष्ट्रिय परिस्थिति अनुकूलताको छैन होला । तर सांसदहरू खासगरि आफ्नो नीतिअनुसार विधेयकहरू निर्माण गर्नुपर्छ । यो टेक्निकल पाटो हो । तर कुन नीतिअनुसार हामी विधेयक निर्माण गरिरहेका छौं भन्ने कुरा सांसदहरूको लागि प्रमुख कुरा हुन्छ ।’
संसद सेवा भित्रका कर्मचारीहरूले संसद बैठक चलाउने, समितिका बैठकहरू सञ्चालन गर्ने र आर्थिक प्रशासनिक कामहरु गर्ने भएका कारण संसद प्रभावकारी बनाउन उनीहरूको भुमिका महत्वपूर्ण रहेको घिमिरेको भनाइ छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया