बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले समाज नेपाल सँगको सहकार्यमा बैंकले वीरेन्द्रनगर सुर्खेतमा अवस्थित श्री कृष्ण संस्कृत तथा साधारण मा।वि। मा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको छ ।

विद्यालयमा आयोजित एक समारोहका बीच बैंकले सहयोग स्वरूप विभिन्न ब्रेल शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको हो ।

दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका बालबालिकाहरूसँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुने र आवश्यक शैक्षिक सुविधाहरूबाट वञ्चित हुने भएकाले ब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्रीहरूले उनीहरूको अध्ययनमा सहजता प्राप्ति होस भन्ने अभिप्रायका साथ बैंकले सो सामग्रीहरू प्रदान गरेको जनाएको छ ।

सिटिजन्स बैंकले हालैमात्र फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । भौतिक कार्ड विना नै मोबाइलको माध्यमबाट स्क्यान गरि क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता यस भच्र्युअल क्रेडिट कार्डमा रहेको छ ।