बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

सिरियाका पर्यटन मन्त्रीले गरिन् कर्मचारीलाई काममा फर्कन आग्रह

दमाकस्क - सिरियाका पर्यटन मन्त्रीले कर्मचारीहरूलाई काममा फर्कन आग्रह गरेका छन् ।

विद्रोहीले राजधानी सहर कब्जा गरेपछि स्थित सहज बन्दै गएको भन्दै उनले काममा फर्कन कर्मचारीहरूलाई आग्रह गरेका हुन् ।

पर्यटन मन्त्री मोहम्मद रामी मार्टिनीले आफ्नो क्षेत्रका कर्मचारीहरूलाई सिरियाली जनताका लागि नयाँ दिन भएकोमा स्वागत गर्दै काममा फर्कन र सार्वजनिक सुविधाहरूको सुरक्षा गर्न आग्रह गरेका छन्। पर्यटन मन्त्रालयको आधिकारिक फेसबुक अकाउन्टमा सेयर गरिएको भिडियो सन्देशमा मार्टिनीले भनेका छन्, ‘यो जनताको इच्छा हो र जनताको इच्छाले विजय हासिल गर्नुपर्छ ।’

सरकारका प्रधानमन्त्री मोहम्मद गाजी अल जलाली पनि राजधानीमा आइपुगेका विपक्षी सेनाहरूसँग समन्वय गरिरहेको जानकारी यसअघि नै दिइसकेका छन् भने उता विद्रोही नेता अबु मोहम्मद अलजुलानीले पनि यो भनेका छन् कि सार्वजनिक संस्थाहरू आधिकारिक रूपमा हस्तान्तरण नभएसम्म पूर्व प्रधानमन्त्रीको निगरानीमा रहने छन्।