बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

वामपन्थीहरू एक भए देश विकास हुन्छः महासचिव गुरुङ

फाइल फाेटाे

लमजुङ - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले वामपन्थी शक्तिहरू एक नभएसम्म देश बन्न नसक्ने बताएका छन् । 

आज जिल्लाको दूधपोखरी गाउँपालिकामा स्थानीय पालिका कमिटीको तेस्रो सम्मेलन उद्घाटन गर्दै उनले वामपन्थीहरू एकताबद्ध भएर राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्नेमा जोड दिए । 

सबै दल एकजुट हुन सके राष्ट्रिय स्वाधीनताको रक्षा, स्थिरता र स्थायित्व सम्भव रहेको भन्दै महासचिव गुरुङले आफ्नो पार्टी देश र जनताको विकासलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए । पार्टी अध्यक्ष दाहाल नेतृत्वको सरकारले अघि बढाएका विकास योजना सरकार परिवर्तन भएसँगै बाँकी रहेका उनको भनाइ थियो ।