मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

वर्तमान गठबन्धन सरकारले राम्रो काम गरिरहेको छ - सभापति देउवा

फाइल फाेटाे

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली कांग्रेस र नेकपा एमालेको वर्तमान गठबन्धन सरकारले राम्रो काम गरिरहेको बताएका छन् ।

शनिबार विराटनगरमा नेपाली कांग्रेस कोशीको प्रथम प्रदेश सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले राजनैतिक स्थायित्व र सरकारको स्थिरताका लागि वर्तमान गठबन्धन बनाइएकाले यसलाई २०८४ सम्म निरन्तरता दिइने समेत बताए । 

उनले नेपालले कुनै पनि मुलुकसंग ऋण लिन नहुने जिकिर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा कुनै ऋण सम्झौता नगरेकोमा धन्यवाद समेत दिए ।  सभापति देउवाले वडा वडामा पार्टीको संगठन निर्माण गर्न कार्यकर्ताहरूलाई निर्देशन दिँदै प्रदेश सम्मेलनबाट आएका सुझाव र मार्गदर्शनहरूलाई केन्द्रीय समितिमा लगेर छलफल गराइने जानकारी दिए ।