दमकमा बनेको १८ तले भवन प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

झापा - दमकमा बहुपयोगी १८ तले भवन निर्माण भएको छ । दमक नगरपालिका–३ दापगाछीमा रु. एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार उद्घाटन गर्ने कार्यक्रम छ ।
‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् । सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले बताए । व्यापारिक प्रयोजनका निम्ति भवन उपयुक्त रहेको उनले बताए ।
प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए ।
यसैबीच, प्रधानमन्त्री ओलीले मेचीनगर – ४ बाहुनडाँगीस्थित मानव आश्रम भवनको भोलि नै उद्घाटन गर्ने कार्यक्रम छ । उनका साथ प्रथम महिला राधिका शाक्य पनि भवन उद्घाटन कार्यक्रममा सहभागी हुने नगरप्रमुख गोपाल बुढाथोकीले बताए ।

गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर

इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला

साकेला उभौली चाड : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

शक्तिशाली सरकारलाई फेसबुक, एक्सले टेरेनन्ः चार वटा मात्रै सूचिकृत

सैनिक कल्याणकारी कोष हिनामिना काण्ड : जमदार थापा कारागार चलान, २ अधिकृत हि…

आजको मौसमः मधेस र लुम्बिनीमा हावाहुरी चल्ने

प्रतिक्रिया