एनपिएलः विराटनगरलाई कर्णालीले दियो १३४ रनको लक्ष्य

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनसपिएल) अन्तर्गत आज जारी दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किङ्ग्सलाई जितका लागि एक सय ३४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ३३ रन मात्रै बनाउन सक्यो । उसका लागि विलियम बोसिस्टोले ४९ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ६६ रन बनाए । साथै ओपनर देव खनालले ४८ बलको सामना गर्ने क्रममा चार चौका र दुई छक्का प्रहार गर्दै ५३ रनको योगदान दिए ।
कर्णालीका पाँच ब्याटरले खाता नै खोल्न सकेनन् । गुलशन झा, सोमपाल कामी, नन्दन यादव, विपीन शर्मा र उनिश ठकुरी शून्य रनमा आउट भए । अघिल्ला दुई वटा खेलमा चम्केका ओपनर शिखर धवनले जम्मा पाँच रन बनाए । अन्य ब्याटर पनि आजको खेलमा चल्न सकेनन् ।
बिराटनगरका लागि प्रतीश जिशीले ह्याट्रिकसहित चार विकेट लिए । उनले खेलको २०औँ ओभर मेडन राख्दै चार विकेट लिए । साथै क्रिस सोल र बसिर अहमदले दसमान दुई विकेट लिए भने अकिब इलायसले एक विकेट लिए ।
बिराटनगर अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया