शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

महासंघको नयाँ कार्यसमितिको पदभार ग्रहण आज, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिको पदभार ग्रहण कार्यक्रम आज अपराह्न हुँदैछ । शनिबार भएको निर्वाचनबाट निर्वाचितहरुको घोषणा कार्यक्रम आज तीन बजे तय भएको निर्वाचन समितिका प्रमुख अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेले बताए । 

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहेको नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षदेखि कार्यसमिति सदस्य पदमा सम्म निर्वाच हुन्छ ।  
महासंघको आगामी कार्यकालको नेतृत्व शेखर गोल्छाले गर्दैछन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल, जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत समूहतर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ, एशोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघई निर्वाचित भएका छन् । 

त्यस्तै, उद्योग वाणिज्य समूहका सदस्यहरुमा राजन श्रेष्ठ (नुवाकोट), तारानाथ घिमिरे (ताप्लेजुङ), कमलकुमार श्रेष्ठ (सिन्धुपाल्चोक), शोभाकान्त पौडेल (वालिङ्ग) गजेन्द्र कुमार भगत (त्रियुगा), चक्रबहादुर अधिकारी (कोहलपुर), अरुणराज सुमार्गी (मकवानपुर), देवकुमार श्रेष्ठ (तनहुँ), रामेश्वर मानन्धर (दोलखा), कमानबहादुर खड्का (जाजरकोट), सुरकृष्ण वैद्य (काभ्रे, कविरकुमार श्रेष्ठ (म्याग्दी), डीबी बस्नेत (रामेछाप), गोपाल केडीया (वीरगञ्ज), महेन्द्र कुमार श्रेष्ठ (सिद्धार्थनगर, उमेश डालमिया (झापा), किशोर कुमार आचार्य (रोल्पा) र अमृत भट्टचन (गैंडाकोट) निर्वाचित भएका छन् ।

प्रदेश १ बाट राजेन्द्र राउत (मोरङ्ग वयापार संघ) निर्विरोध निर्वाचित भएका छन् । प्रदेश २ बाट विजय कुमार शाह (महोत्तरी), बाग्मती प्रदेशबाट सहनलाल प्रधान (चितवन), गण्डकी प्रदेशबाट बाबुराम गिरि (लेखनाथ उद्योग वाणिज्य संघ), लुम्बिनी प्रदेशबाट जमशेर मियाँ (चन्द्रौटा उद्योग वाणिज्य संघ), कर्णाली प्रदेशबाट लालिमान बुढा (डोल्पा उद्योग वाणिज्य संघ) र सुदुरपश्चिम प्रदेशबाट पुष्पराज कुँवर (कैलाली उद्योग वाणिज्य संघ) निर्वाचित भएका छन् । संस्थापक सदस्य समूहबाट दामु अधिकारी (पोखरा उद्योग वाणिज्य संघ) निर्वाचित भएका छन् । 
त्यस्तै वस्तुगत समूहबाट सदस्यमा नरेशलालश्रेष्ठ, मीनमान श्रेष्ठ, सुमितकुमार केडीया, अरनिको राजभण्डारी, भक्तबहादुर हमाल, मनिषलाल प्रधान, प्रकाश सिंह कार्की, सकुन्तलाल हिराचन, हेमराज ढकाल, विष्णुप्रसाद गैरे, सन्दीप कुमार अग्रवाल, गोविन्द ढुंगेल, सुबोध कमुमार गुप्ता र आकाश अधिकारी निर्वाचित भएका छन् । 

एशोसिएट सदस्यहरुमा अम्बिका प्रसाद पौडेल, ज्योत्स्ना श्रेष्ठ, गोपाल खनाल, भरतराज आचार्य, प्रबलजङ्ग पाण्डे, शाहिल अग्रवाल, शैलेन्द्र गुरागाईं विजय सिंह वैद्य, राजेशकुमार अग्रवाल, शक्तिकुमार बेगानी, हेमन्त गोल्छा, सञ्जय गिरी, आनन्दकुमार अग्रवाल बगरिया, देशबन्धु बस्नेत (अजित), अविनाश बोहरा, सुशिल थापा, कृष्णलाल महर्जन, रञ्जित आचार्य निर्वाचित भएका छन् । एशोसिएट समूहका विराट थापा र मंगेश लाल श्रेष्ठको मत परिणाम बराबर भएपछि गोलाप्रथाद्वारा टुंग्याइने भएको छ । यस्तै, द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सदस्यमा सन्दिप अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।