किन भयो पाथीभराको घण्टी बिक्री स्थगित ?

फुङ्लिङ (ताप्लेजुङ)- पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा सङ्कलन भएका पुराना घण्टी बिक्री प्रक्रिया स्थगित गरिएको छ । घण्टी बिक्रीको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी आएपछि समितिले सो घण्टी बिक्री प्रक्रिया स्थगन गरेको हो ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले शुक्रबार जारी विज्ञप्तिमा भक्तजन, बुद्धिजीवी, सरोकारवाला र समुदायबाट प्राप्त सुझावका आधारमा घण्टी लिलामी रोक्ने निर्णय गरिएको जानकारी दिए ।
समितिले लिलामी प्रक्रिया स्थगित भए पनि यसबारे थप निर्णय आगामी बैठकमा गरिने विज्ञाप्तिमा जनाएको छ । यही मङ्सिर १४ गते गोखरखापत्र दैनिक पत्रिकामा पुराना घण्टी लिलामी बिक्रीका लागि सर्वजनिक सूचना प्रकाशित गरेको थियो ।
विभन्न भक्तजनहरुले पाथीभरामा चढाएका १६ हजार तीन सय ७८ किलो एक सय ग्राम पुराना बिक्रीका लागि घण्टी प्रतिकिलो न्यूनतम रु तीन सय ८० तोकिएर बिक्री प्रक्रिया अगाडि बढाएको थियो । सामाजिक सञ्जालहरुमा घण्टी बिक्रीका विषयलाई विभिन्न आलोचनाहरु आएपछि समितिले पुराना घण्टी लिलामी बिक्री प्रक्रिया स्थगन गरको हो ।

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

प्रतिक्रिया