दक्षिण कोरियामा आज दशौँ हजार प्रदर्शनकारी सडकमा उत्रिने

सियोल- दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलको विरोधमा शनिबार दशौं हजार मानिसले प्रदर्शनमा सहभागिता जनाउने सूचना आफुहरूले पाएको सियोल प्रहरीले जनाएको छ ।
सियोल महानगर प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शनिबार शहरको केन्द्र र येओइदो क्षेत्र (सियोलमा) मा दशौं हजार सहभागीहरू सम्मिलित ठूलो मात्रामा भेला र प्रदर्शन हुने सूचना प्रहरीले प्रप्त गरेको छ । स्थितिलाई गम्भीर हुन नदिन र सम्भावित अप्रिय घटनालाई मध्यनजर गर्दै प्रशासनले केही सडकहरूमा आवत जावतमासमेत प्रतिबन्ध लगाएको छ ।”
कोरियन नेशनल प्रहरीका एक प्रवक्ताले एएफपीलाई बताएअनुसार आयोजकले ‘करिब दुई लाख’ मानिस उपस्थित गराउने बताएका छन् ।
युनले मङ्गलबार अबेर राति सैनिक शासनको घोषणा गर्नुभएको थियो भने उक्त कदमको विरोधमा हजारौँले प्रदर्शन गरेपछि कोरियाली संसदमा भएको निर्वाचनमा सांसदहरूले राष्ट्रपतिको उक्त घोषणा उल्टाउने पक्षमा मतदान गरेका थिए ।
विपक्षीहरूले महाभियोग प्रस्ताव अघि सारेका छन् जुन शनिबार अबेर मतदान हुने तय भएको थियो, जबकि युनको आफ्नै पार्टीका प्रमुखले शुक्रबार उनलाई पदबाट हटाउन माग गरेका थिए। (एएफपी)

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवत…

अमेरिकी करले ब्राजिलको अर्थतन्त्रमा ठूलो असर पर्ने खतरा : प्रतिवेदन
चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि

लेबनानमा इजरायली हवाई आक्रमण : १२ जनाको मृत्यु

गाजामा मानवीय संकट गहिरिँदै, इयुको ध्यान सहयोगमा केन्द्रित

प्रतिक्रिया