पौडेल कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्ता

काठमाडौं : नेपाली कंग्रेसको १४ औं महाधिवेशन प्रयोजनार्थ बनाइएको क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्तामा युवा नेता पार्टी केन्द्रीय सदस्य प्रदीप पौडेल चयन भएका छन् । समिति सदस्य पौडेललाई आजबाट प्रवक्ताको जिम्मेवारी दिइएको हो । समिति सचिव केशव रिजालले विज्ञप्ति जारी गर्दै पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको जनाएका छन् ।
अब समितिको आधिकारिक धारणा पौडेलले सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख छ ।
गत फागुन ६ गते बसेको केन्द्रीय समिति बैठकबाट रमेश लेखकको संयोजकत्वमा गठित समितिमा पौडेलसहित, आनन्द ढुंगाना, श्याम घिमिरे, कल्याण गुरुङ, योगेन्द्र चौधरी र जीवन परियार सदस्य छन् ।
समितिलाई २० असारसम्म सदस्यता छानबिन टुंग्याउन चार असारमा बसेको कांग्रेस केनद्रीय कार्यसमिति बैठकले जिम्मेवारी दिएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया