चिसो बढेसँगै माछामासुको कारोबारमा वृद्धि

सुनसरी सदरमुकाम इनरुवा–३ का सुशान्त चौधरी बिहान ५ बजे मासु पसलमा आइपुग्छन् । उनको दैनिकी खसी काट्ने र मासु बिक्री गर्नेमा बित्ने गरेको छ । गर्मीयाममा केही ढिलो पसल खोल्ने र कम बिक्री हुने मासु अहिले बढी बिक्री हुने गरेको सुशान्तले बताए ।
चिसोमा खसीको मासु बढी खपत हुने भन्दै चौधरीले दैनिक १५ वटासम्म खसी काटेर बिक्री गर्ने गरेको बताए । गर्मीका बेलामा सरदर १० देखि १२ वटासम्म खसी काटेर मासु बिक्री गर्दै आएकामा चिसोका बेलामा १५ वटासम्म काट्ने गरेको उनको भनाइ छ ।
चिसोका बेलामा बिहानैदेखि मासु किन्नेको भीड लाग्ने गरेको भन्दै अन्य पसलहरूमा पनि यो समयमा जिल्लामा माछा र मासुको कारोबारमा वृद्धि हुने जानकारी दिए ।
इनरुवासहित जिल्लाका विभिन्न ठाँउमा लाग्ने हाटमा माछा, मासुको कारोबारमा वृद्धि भएको स्थानीय माछा व्यापारी गुलावी मुखियाले बताए । इनरुवा, लौकही, रामधुनी, इटहरी, धरानलगायत स्थानमा रहेका माछा, मासु पसलमा चिसो बढेसँगै ग्राहकको घुइँचो लाग्न थालेको उनको भनाइ छ ।
माछा, मासुको प्रयोगले शरीरलाई तातो राख्ने र चिसोबाट लाग्ने रोगसँग लड्न प्रतिरोधात्मक क्षमतासमेत वृद्धि गर्ने भएकाले चिसोका बेलामा मानिसले बढी माछामासुको प्रयोग गर्ने चिकित्सक देवराज घिमिरेले बताए । चिसोका बेलामा बिरामीलाई चिकित्सकले बढी मात्रामा माछामासुको झोल प्रयोग गर्न सल्लाह दिने उनको भनाइ छ । रासस

नेपाल–इटाली व्यापार सम्बन्ध सुदृढ गर्न वाणिज्य संघको पहल, मानार्थ वाणिज्यदूत पा…

चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति, बैंक वित्तीय संस्थाले पाए ए…

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

बुटवल उपमहानगरको बजेटः शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता

सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

प्रतिक्रिया