सभामुखका कानुन व्यवसायीलाई प्रधानन्यायाधीशको प्रश्न : धारा ७६ को २ र ५ को भिन्नता के ?

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायी मेघराज पोखरेललाई संविधानको धारा ७६ को उपधारा (२) र (५) को भिन्नता के भनेर प्रश्न गरेका छन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध संवैधानिक इजलासमा भइरहेको बहसमा प्रधान्यायाधीश राणाले संविधानको धारा ७६ को (२) र (५) को भिन्नताबारे प्रश्न गरेका हुन् ।
'संविधानको धारा ७६ को उपधारा (२) मा दल भनिएको छ, (५) मा सदस्य प्रधानमन्त्री पनि सदस्य नै हुने हो । (२) र (५) को भिन्नता के हो ?,' प्रधानन्यायाधीश राणाले भने ।
राणाको प्रश्नमा पोखरेलले उपधारा (५) मा विश्वासको मत प्राप्त गर्ने सक्ने आधार भनिएको पनि प्रष्ट पारे । '(२) मा दल भनिएको छ । (५) मा विश्वासको मत प्राप्त गर्ने सक्ने आधार भनिएको छ । (२) नै हो भने (५) किन राख्नुपर्यो ? दल भनेको छैन । आधार भनेको छ । (२) बाहेकको विकल्प (५) ले खोजेको हो,' पोखरेलले भने ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया