स्वास्थ्य मन्त्रालयमा गुनासो सुनुवाई एकाइ गठन

काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डा अनुप बास्तोलाको संयोजकत्वमा गुनासो सुनुवाई एकाइ गठन गरेको छ ।
उक्त एकाइमा संयोजक बास्तोलासहित सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी, शाखा अधिकृत गौरीप्रसाद आचार्य र सूचना अधिकारी सदस्यको रुपमा रहेका छन् ।
स्वास्थ्य मन्त्रालय र मातहत निकायहरुको काममा सेवाग्राही तथा सरोकारवालाको गुनासो सुनुवाई गर्न, सुझावहरुको कार्यान्वयन र जिज्ञासाको सम्बोधन गर्न उक्त एकाइ गठन गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले यही मङ्सिर १६ गते गुनासो सुन्ने एकाइ गठन गर्ने निर्णय गरेका थिए । एकाइले सेवाग्राहीबाट प्राप्त गुनासो सङ्कलन गर्ने, गुनासो सम्बोधनका लागि सम्बन्धित महाशाखामा तुरुन्त पेश गर्ने जनाइएको छ ।

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया