नागरिकले मागेको सूचना नदिने संस्थालाई कारबाही गरिने

काठमाडौँ - राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्र मान गुरुङले नागरिकले मागेको सूचना नदिने संस्थालाई कारबाही गरिएको बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा गुरुङले नागरिकले मागेको सूचना उपलब्ध गराउनु सबैको नैतिक दायित्व भएको भन्दै सूचना नदिने संस्थालाई कारबाही गरिएको बताएका हुन् ।
सूचना अधिकारी तोक्ने दायित्व सार्वजनिक निकायको भएको भएकाले सूचना अधिकारी नतोकेको आधारमा कारबाही गर्न भने आयोगले नमिल्ने उनले बताए । उनले सबै निकायलाई तोकिएको समयमा सूचना सार्वजनिक गर्न निर्देशन दिएको जानकारी दिए ।
बैठकले सूचनाको हक सम्बन्धी ऐनले व्यवस्था अनुसार सूचना अधिकारी तोक्ने र कानुन बमोजिम माग भएका सूचना उपलब्ध गराउने सम्बन्धमा अनुगमन गर्न सबै सार्वजनिक निकायहरूलाई निर्देशन दिएको छ भने सूचना उपलब्ध गराउने दायित्वलाई थप जिम्मेवार बनाउन सूचना आयोगले कार्य योजना बनाइ कार्य गर्न पनि निर्देशन दिएको छ ।

वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध

गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर

इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला

साकेला उभौली चाड : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

शक्तिशाली सरकारलाई फेसबुक, एक्सले टेरेनन्ः चार वटा मात्रै सूचिकृत

सैनिक कल्याणकारी कोष हिनामिना काण्ड : जमदार थापा कारागार चलान, २ अधिकृत हि…

प्रतिक्रिया