बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

दुर्गा प्रसाईंविरुद्ध फेरि पक्राउ पुर्जी जारी

फाइल फोटो

 साइबर अपराधसम्बन्धी कसुरमा प्रहरीको थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी जारी गरिएको छ । काठमाडौं जिल्ला अदालतले आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानमा रहेका आफूलाई लरेन्स विश्नोई समूहको सदस्य बताउने हरिचन्द्र फुयाँलसँग प्रसाईंको निरन्तर फोन सम्पर्क देखिएको थियो । प्रसाईं र फुयाँलबीचको उक्त ‘कनेक्सन’सँगै सीआईबीले पक्राउ गर्न अनुमति मागेको थियो ।

प्रसाईं भने कम्बोडियाको एक टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको गलत तथ्य सार्वजनिक गरेको आरोपमा मंसिर ४ गते पक्राउ परेका हुन् । आपराधिक लाभसम्बन्धी कसुरमा उनीविरुद्ध पक्राउ अनुमति लिइएको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए ।