कवि श्याम राई लिब्जु भुम्जु पुरस्कारबाट पुरस्कृत

कवि तथा सञ्चारकर्मी श्याम राई ‘लिब्जु भुम्जु पुरस्कार’बाट पुरस्कृत भएका छन् । बिहीबार वाम्बुले राई समाज, नेपाल (वाम्रास)ले २७औँ स्थापना दिवसका अवसरमा आयोजित २५ औँ कविता प्रतियोगिता समारोहमा राईलाई पुरस्कृत गरेको हो।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ स्थित दाम्लीमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि राष्ट्रगानका रचनाकार व्याकुल माइला, वाम्रासका केन्द्रीय अध्यक्ष गजुरधन राई, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव एवं वरिष्ठ साहित्यकार प्राडा धनप्रसाद सुवेदी, हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राई र कार्यक्रम संयोजक मिलन कान्छा किरातीले संयुक्त रूपमा पुरस्कार वितरण गरे।
यस्तै, मन्जित राई ‘मानव’ पनि लिब्जु भुम्जु पुरस्कारबाट पुरस्कृत भएका छन्। कोशकार अविनाथ राईको संयोकत्वमा गठित पुरस्कार छनोट समितिले केही महिनाअघि २०८० सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ श्याम र मन्जित लाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरेको थियो।
वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ इक लिब्जु–भुम्जु त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट रचनालाई यो पुरस्कार प्रदान गर्दै आएको छ। इक लिब्जु–भुम्जु त्रैमासिक पूर्णांक २३, २०८० माघ–चैतमा प्रकाशित श्यामको ‘कान्छा, लिस्ता त्याङ द्याल’ (कान्छा फर्क अब गाउँ) र मन्जितको जोर्ति जातुर दिकुमे’ (जोर्ती बजार गयौं) शीर्षक कवितालाई पुरस्कारका निम्ति चयन गरिएको थियो।
श्यामले १५औं वाम्बुले राई भाषाको प्रतियोगितामा सान्त्वना र २४औं उक्त कविता प्रतियोगिता–२०८० मा दोस्रो पुरस्कार जितेका छन्।
नेपाल टेलिभिजनमा कार्यरत वरिष्ठ पत्रकार तथा गीतकार पुष्पहरि क्याम्पा राईले ‘लिब्जु–भुम्जु पुरस्कार–२०५५’ स्थापना गरेका हुन्। यो पुरस्कारबाट हालसम्म २२ जना कविहरू पुरस्कृत भएका छन्। पुरस्कारको राशि पाँच हजार रुपैयाँ र सम्मान प्रमाणपत्र रहेको छ ।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया