एनपीएलः जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स विजयी

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स विजयी भएका छन् । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई पराजित गरेको हो ।
बिहीबारको पहिलो खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गर्यो । १ सय ३९ रनको मध्यम लक्ष्य जनकपुरले १७ दशमलव १ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका लाहिरु मिलन्थाले सर्वाधिक ४५ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रनको मध्यम योगफल तयार गरेको थियो । लगातार तीन खेलमा ६ अंकका साथ जनकपुर लिगको शीर्ष स्थानमा छ । पोखराको भने यो लगातार दोस्रो हार हो ।
त्यस्तै बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गर्यो । सुदूरपश्चिमले दिएको १ सय ६८ रनको मध्यम लक्ष्य पछ्याएको काठमाडौंले १५ दशमलव ५ ओभरमा अल आउट हुदै ९४ रन मात्र जोड्न सक्यो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको योगफल तयार गर्यो । सुदूरपश्चिम लगातार दोस्रो जितका साथ दोस्रो स्थानमा उक्लिएको छ । पराजित काठमाडौंको ३ खेलबाट २ अंक भएको छ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार हुने पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज् तथा दोश्रो खेल लुम्विनी लायन्स र पोखरा एभेन्जर्सबीच हुने क्यानले जनाएको छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया