बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

सुदूरपश्चिमले दियाे काठमाडौं गुर्खाजलाई १६८ रनको लक्ष्य

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई जितका लागि १६८ रनको लक्ष्य दिएको छ ।

 टस हारेर पहिले ब्याटिङकोनिम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएकाे हाे । सुदुरपश्चिमका लागि स्कटल्यान्डका ब्याट्सम्यान ब्रान्डन म्याकमुलनले अर्धसतक नघाउन सफल भए, उनले ३६ बलमा ४ छक्का र ३ चौका सहित ५३ रन बनाएर आउट भएका थिए ।

काठमाडौँ गुर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले फिल्डिङ गरेकाे थियाे, टस जितेर काठमाडौंले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय लिएको थियाे । हिजोको खेलमा काठमाडौंले कर्णाली याक्सलाई तीन विकेटले पराजित गर्दै पहिलो जीत हासिल गरेको थियाे भने विराटनगरलाई हराउँदै सुदूरपश्चिम विजयी भएर  आएकाे टाेली हाे । यसअघि दुवै विजयी टाेली एकअर्कालाइ पराजय गराउन मैदानमा उत्रदैँछन् ।

आज हुने पहिलो खेलमा  काठमाडौं गोर्खाजको नेतृत्व करण केसीले नेतृत्व गर्दैछन् भने सुदूरपश्चिमबाट दिपेन्द्र सिंह ऐ​रीले नेतृत्व गर्ने छन्  ।​

एनपिएल गत शुक्रवारबाट सुरू भएको थियो ।  एनपिएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपिएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने  प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।