जनकपुरले निकाल्यो लगातार तेस्रो जित, ७ विकेटले पोखरा पराजित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले तेस्रो जित निकालेको छ । बिहीबार बिहान कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै एनपीएलमा जनकपुरले तेस्रो जित निकालेको हो ।
पोखराले दिएको १३९ रनको सामान्य लक्ष्य जनकपुरले ३ विकेटको क्षतिमा १७.१ ओभरमै पूरा गरेको छ ।
पोखराका लागि अलराउन्डर जिमी निशमले नटआउट ४० रन बनाए भने क्यानेडियन अलराउन्डर हर्ष थाकरले नटआउट १३ रन जोडे ।
कप्तान अनिलकुमार साह एक रनमा आउट भए । ओपनिङ ब्याटर आसिफ शेखले ३४ बलमा ३३ रन बनाए । लाहिरू मिलान्थाले ३२ बलमा आठ चौका प्रहार गर्दै ४५ रन जोडे ।
त्यस्तै पोखराले ७ विकेटको क्षतिमा १३८ रन बनायो । दिनेश खरेलले १० रन बनाए । आन्द्रेस गौसले २० रन जोडे । कप्तान कुशल भुर्तेलले ६ रन बनाए भने मार्कस क्रिचलीले ३५ रन जोडे ।
रेमन्ड राइफरले २० बलमा १७ रन जोडे भने अलराउन्डर माइकल लिस्कले १३ बलमा २५ रन बनाए ।
बलिङमा जनकपुरका ललित राजवंशीले ३ विकेट लिएका छन् ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया