बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

पोखराले जनकपुरलाई दियो १३९ रनको लक्ष्य

काठमाडौँ- जारी नेपाल प्रिमियर लिग (एनपीएल) पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्‌लाई १३९ रनको लक्ष्य दिएको छ । बिहीबार बिहान पोखराले ७ विकेटको क्षतिमा पूरा ओभर खेल्दै १३९ रनको लक्ष्य दिएको हो ।

पोखराका म्याट क्रिट्ले सर्वाधिक ३५ रन जोडे । माइकल लिस्कले २५ रन बनाए ।

जनकपुर बोल्टसका ललित राजवंशीले ३ विकेट लिए ।