शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

प्रधानमन्त्री ओली नेपाल प्रस्थान

बेइजिङ- प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी यहाँबाट नेपाल प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङ तथा चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीलगायत यहाँस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारीहरुले बिदाइ गरै ।