एक करोड बढीको लगानीमा बाख्रापालन

गलकोट (बागलुङ)- केही वर्षअघिसम्म काठेखोला गाउँपालिका–५ कर्लिममा १८० घर थिए । बसाइँसराइका कारण यहाँका ३५ घरमा मात्रै बसोबास छ । अन्य घर खण्डहर बनेका छन् भने खेतीयोग्य खेतबारी बाँझै छ ।
यहाँका अधिकांश मानिस रोजागरीका लागि जापान गएका छन् भने बसाइँ सरेर चितवन पुगेका छन् । चौध वर्ष जापानमा काम गरेका एक युवक भने हाल गाउँमा बाख्रापालनमा व्यस्त छन् ।
काठेखोला–५ कर्लिमका ४८ वर्षीय प्रेम कँडेलले ठूलाघरे बाख्रा फार्म खोलेर तीन सय ५० पालेका छन् । उनले २०७९ साउनदेखि ८३ बाख्राबाट राखेर बाख्रापालन सुरु गरेका हुन् ।
फार्ममा रु एक करोड ३५ लाख लगानी गरेका उनले त्यसका लागि एक हजार चार सय रोपनी बाँझो जग्गालाई प्रयोग गरेका छन् । उनको बाख्रा फार्ममा ८० वटा बोका बिक्रीयोग्य छन् ।
_8Og4xLSXmN_us9gqraqhqvp7iwft5xdtagbjhtpv1pfblmcytvjrbnfnnuvtomujikd1jnt_EQaBtueIBC_ohna0ntccipxdxojxjxjzvz7btaedninxdkvy08tfggmmeaurnrz0xeaibo7.jpg)
ट्र्याक खुलेको १४ वर्षपछि दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति

कालीगण्डकी तर्न साँघुको भर

आकर्षणको केन्द्र बन्दै छहरे झरना

बारपाकको दलितबस्ती : बत्तीमुनिको अँध्यारो

सोह्रौँ शताब्दीदेखिको इतिहासको साक्षी लमजुुङ दरबार

कृषिमा जोडियो माओवादी, तनहुँमा ५० रोपनीमा अदुवा खेती
म्याग्दीमा पशुपालन गर्ने घट्दै

प्रतिक्रिया