बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन

चीन  - चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा  चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित सङ्ग्रहालयको अवलोकन गरेका छन् ।

प्रधानमन्त्रीका साथ भ्रमण दलमा रहेका सदस्यहरूले पनि सो सङ्ग्रहालयको अवलोकन गरे । चीनको जनवादी क्रान्तिदेखि आधुनिक चीनको विकास यात्रासम्मका विविध पक्षबारे सङ्ग्रहालयमा सामग्री हेर्न सकिनेछ ।

प्रधानमन्त्रीसहितको भ्रमण दल बिहीबार दिउँसो स्वदेश फकँदैछ ।