खडेरीले दुई करोड ६० लाख दक्षिणी अफ्रिकीलाई खाद्य असुरक्षामा धकेल्यो

काठमाडौं - संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बुधबार दक्षिणी अफ्रिकामा ऐतिहासिक खडेरीले दुई करोड ६० लाख मानिसलाई खाद्य असुरक्षामा धकेलेको चेतावनी दिँदै तत्काल आर्थिक सहयोगको माग गरेको छ ।
सन् २०२३–२०२४ को एल नीनो जलवायु घटनाले झनै बिग्रेको यो संकट अर्को वर्ष मार्च वा अप्रिलसम्म अर्थात् अर्को फसलसम्म कम्तीमा थप गहिरो हुने अपेक्षा गरिएको छ ।
“आज हामीसँग यस क्षेत्रमा दुई करोड ६० लाख मानिसले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् र यो एल निनो प्रेरित खडेरीका कारण हो”, डब्लुएफपीका दक्षिणी अफ्रिकाका क्षेत्रीय निर्देशक एरिक पर्डिसनले भने ।
पर्डिसनले सबैभन्दा बढी प्रभावित सात देशमा अङ्गोला, लेसोथो, मलावी, मोजाम्बिक, नामिबिया, जाम्बिया र जिम्बाब्वे रहेको बताए ।
डब्लुएफपीका अनुसार उनीहरूलाई संकटको सामना गर्न थप ३० करोड डलरको आवश्यकता छ ।
खडेरीले धेरै बाली र पशुधन नष्ट गरेकाले लेसोथो, मलावी, नामिबिया, जाम्बिया र जिम्बाब्वेसहितका पाँच मुलुकले विगत महिनाहरूमा राष्ट्रिय प्रकोपको अवस्था घोषणा गरेका छन् ।
धेरै ठाउँमा सामान्यतया वर्षको यस समयमा बिउ रोप्ने किसानहरूले त्यसो गर्न सकिरहेका छैनन् ।

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवत…

अमेरिकी करले ब्राजिलको अर्थतन्त्रमा ठूलो असर पर्ने खतरा : प्रतिवेदन
चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि

लेबनानमा इजरायली हवाई आक्रमण : १२ जनाको मृत्यु

गाजामा मानवीय संकट गहिरिँदै, इयुको ध्यान सहयोगमा केन्द्रित

प्रतिक्रिया