प्रताप दासको मस्त जवानीमा उषा र बिजुको अभिनय

काठमाडौं - गायक प्रताप दास र गायिका रोजिना बस्नेतको मस्त जवानी बोलको गीतको म्युजिक भिडियो रिलिज गरिएको छ। समाजसेवी भोला नाथ पाठकको शब्द सिर्जना रहेको गीतमा मनोहर सुनामको एरेन्ज तथा संगीत छ।
दर्जनौं गीतका शब्द कोरिसकेका गीतकार भोला नाथ यही भिडियोबाट निर्माताका रुपमा देखिएका छन्।
एक प्रेमील जोडीको प्रेम र रोमान्सलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन्। भिडियोमा निर्देशक रुपाखेतीले वैँशालु उमेरमा एक प्रेमील जोडीले रोमान्स गर्दै बिताउने रमाइला पललाई रोमान्टिक शैलीमा कैद गरेका छन्। जहाँ सुन्दरी उषा उप्रेती स्विमिङं पुलमा खुलेका दृश्यमा दर्शक टक्क अडिनेमा शंका छैन। भिडियोमा मोडल बिजु पार्की पनि उषाका प्रेमी बन्दा गज्जबले खुलेका छन्।
छमछम नचाउने शैलीमा तयार गरिएको मस्त जवानी हरेक युवाले युवा अवस्थामा गर्ने रमाइलो शैलीलाई भिडियोमा देखाइएको छ। भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन मिन रावलले गरेका हुन्। राहुल बराईलीको कोरियोग्राफी रहेको भिडियो ओएसआर डिजिटलबाट बजारमा आएको हो।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया