हमास र फतह युद्धपछिको गाजाको निरीक्षण कसले गर्ने भन्नेबारे सम्झौता नजिक

काठमाडौँ - प्यालेस्टिनी अधिकारीहरूले हमास र फतह युद्धपछि गाजा क्षेत्रको व्यवस्थापन गर्न राजनीतिक रूपमा स्वतन्त्र प्राविधिक सदस्यहरूको कमिटी नियुक्त गर्न निकै नजिक रहेको बताएका छन् । यसले हमासको शासनलाई प्रभावकारी रूपमा अन्त्य गर्नेछ र इजरायलसँग युद्धविराम वार्तालाई अगाडि बढाउन मद्दत गर्नेछ ।
सन् २००७ मा गाजामा हमासले सत्ता कब्जा गरेपछि प्रतिद्वन्द्वी गुटहरूले मेलमिलाप गर्ने थुप्रै असफल प्रयासहरू गरेका छन् ।
यसैबीच इजरायलले गाजामा पश्चिमी समर्थित प्यालेस्टिनी प्राधिकरणमा प्रभुत्व जमाउने हमास वा फतहको कुनै पनि युद्धपछिको भूमिकालाई अस्वीकार गरेको छ ।
कायरोमा हप्तौँको वार्तापछि प्रारम्भिक सहमति भएको मङ्गलबार प्यालेस्टिनी सरकारका एक अधिकारीले पुष्टि गरेका छन् । अधिकारीले कमिटीमा १२/१५ सदस्य हुने र तीमध्ये अधिकांश गाजाबाट हुने बताए ।
कमिटीले इजरायलद्वारा कब्जा गरिएको पश्चिमी किनारामा रहेको प्यालेस्टिनी प्राधिकरणलाई प्रतिवेदन दिनेछ र मानवीय सहायता र पुनर्निर्माणका लागि स्थानीय र अन्तर्राष्ट्रिय पक्षहरूसँग काम गर्नेछ ।
हमासका एक अधिकारीले हमास र फतहले सामान्य शर्तहरूमा सहमति जनाएका तर केही विवरण र कमिटीका सदस्यहरूका बारेमा अझै वार्ता जारी राखेको जानकारी दिए । सबै प्यालेस्टिनी गुटको कायरोमा बैठकपछि कुनै समयसीमा प्रदान नगरी सम्झौता घोषणा गरिने अधिकारीले बताए ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास ध्वस्त नभएसम्म र धेरै बन्धक फिर्ता नगरेसम्म युद्ध जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँका अनुसार इजरायलले गाजामा खुला सुरक्षा नियन्त्रण कायम राख्नेछ र क्षेत्रभित्र कोरिडोरहरू राख्न जारी राख्नेछ । बाँकीमा नागरिक मामिलाहरू प्यालेस्टिनी प्राधिकरण वा हमाससँग सम्बन्धित नभएका स्थानीय प्यालेस्टिनीद्वारा व्यवस्थापन गरिनेछ ।
कुनै पनि प्यालेस्टिनीले यस्तो भूमिकाका लागि सार्वजनिक रूपमा स्वयंसेवा गरेका छैनन् र हमासले इजरायली सेनालाई सहयोग गर्ने जो कोहीलाई धम्की दिएको छ ।

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवत…

अमेरिकी करले ब्राजिलको अर्थतन्त्रमा ठूलो असर पर्ने खतरा : प्रतिवेदन
चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि

लेबनानमा इजरायली हवाई आक्रमण : १२ जनाको मृत्यु

गाजामा मानवीय संकट गहिरिँदै, इयुको ध्यान सहयोगमा केन्द्रित

प्रतिक्रिया